अन्तर्राष्ट्रिय

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाँउने तयारी



काठमाडौँ २३ असार । अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् ।पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ । यसबारेमा हामीले सोचिरहेका छौँ ।’ उनले आफ्नो निजी जानकारी चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुगोस् भन्ने चाहनेहरुले मात्र त्यस्तो एप डाउनलोड गर्न सुझाव दिए ।यस विषयमा टिकटकले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

                        टिकटकलाई बेइजिङको बाइटडान्स नामक कम्पनी सञ्चालन गरिरहेको छ । यस एपमाथि अमेरिका नेताहरुले चिनियाँ गुप्तचरको निर्देशनमा काम गरिरहेको आरोप लगाउँदै आएका छन् । टिकटकले यसअघि बाइटडान्सभन्दा अलग रहेर काम गरिएको र यसको डाटा सर्भर चीनबाहिर रहेको चिनियाँ कानुन अन्तरगत नपर्ने स्पष्ट पारेको थियो । टिकटकका अनुसार यसको सर्भर अमेरिका र सिंगापुरमा रहेको छ ।टिकठक अमेरिका र पश्चिममा देशहरुमा निकै लोकप्रिय रहेको छ । यो वर्षको पहिलो तीन महिनामा मात्र ३१.५ करोड पटक यो एप डाउनलोड भएको थियो । हालै मात्र भारतमा यो एपमाथि प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६