अर्थ-वाणिज्य

नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय , दुई भन्दा बढी सिम निकाल्न पाईदैन



काठमाडौं २३ असार । सिमकार्डको दुरुपयोग रोक्न अबदेखि एक व्यक्तिले आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।प्राधिकरणको उक्त निर्देशन सेवा प्रदायक कम्पनीलाई जानकारी गराइसकिएको निर्देशक विजय रोयले जानकारी दिनुभयो । एकै व्यक्तिले जति पनि सिमकार्ड लिन पाउने विद्यमान व्यवस्थाका कारण भ्वाइस ओभर इन्टरनेट प्रोटोकल भीओआईपी, जसलाई अवैध कल मानिन्छ जस्ता गतिविधि नरोकिएको र यसले गर्दा सेवा प्रदायकले नै ठूलो रकम गुमाउनुपरेको प्राधिकरणले जनाएको छ ।

            त्यस्तै बैङ्क तथा वित्तीय संस्थामा फोन नम्बरको दुरुपयोग हुन सक्ने र एक व्यक्तिको सिमकार्ड अरूले प्रयोग गर्दा आउन सक्ने समस्यालाई ख्याल गरेर यस्तो निर्णय भएको रोयले जानकारी दिनुभयो । नेपाल प्रहरीले पनि सिमकार्ड वितरणलाई व्यवस्थित गर्न प्राधिकरणलाई अनुरोध गरिरहेको थियो, उहाँले भन्नुभयो, “सबै हिसाबले सिमकार्ड दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको हो । ”अहिले एक व्यक्तिले कुनै एक दूरसञ्चार सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड लिएको भएमा त्यसबारे जानकारी गराउनुपर्ने जिम्मेवारी पनि सेवा प्रदायकको नै रहने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने र सम्भव भएसम्म दुईवटामा मात्र सीमित गराउन अनुरोध गर्नुपर्ने निर्देशन सेवा प्रदायकलाई दिएको हो ।

                      प्राधिकरणको निर्णयअनुसार नेपाल टेलिकमले सीडीएमए सेवासमेत उपलब्ध गराइरहेकाले एक व्यक्तिको नाममा तीनवटा सम्म सिमकार्ड जारी गर्नसक्ने सुविधा दिएको छ । एनसेल र स्मार्टले भने दुईवटा सिमकार्ड मात्र जारी गर्नसक्ने छन् । प्राधिकरणको उक्त बोर्ड बैठकले अबदेखि नाबालकका नाममा पनि सिमकार्ड लिन पाउने बाटो खुला गरेको छ ।अहिले नागरिकता भएका व्यक्तिले मात्र सिमकार्ड लिनसक्ने प्रावधान रहेकामा अभिभावकको नाता प्रमाणका आधारमा नाबालकले पनि सिमकार्ड लिन पाउने व्यवस्था गरेको हो ।

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६