अन्तर्राष्ट्रिय

डब्ल्युएचओद्वारा स्वीकारः हावाबाट पनि कोरोना सर्छ



एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अन्ततः हावाबाट पनि कोरोना भाइरस सर्ने कुरा स्वीकार गरेको छ । यसअघि नै विश्वका विभिन्न ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको बताउँदै उक्त तथ्यालाई स्वीकार गरेको हो ।

        यसअघि डब्ल्युएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताउँदै आएको थियो । डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् ।

        सार्वजनिक स्थान, विशेष गरी भीड़भाड़ भएको स्थान, कम हावा भएको र बन्द कोठामा हावा को माध्यमबाट वायरस फैलने आशंकालाई इनकार गर्न सकिदैन र अहिले त्यस्ता प्रमाणहरुलाई एकत्रित गर्ने काम गरिरहेको डब्लुएचओले जनाएको । डब्लुएचओले कोरोनाको भाइरस रोकथाम गर्न ठूलो स्तरमा रोकथामको उपायको आवश्यकता रहेको यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताएको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६