मधेश

सिके राउत नेतृत्वका नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा



लहान, २४ असार । डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढ्ेकोलगायतका आरोप लगाउँदै १४ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन् । 

        जनमत पार्टी सिरहाका पूर्वजिल्ला संयोजकद्वय चन्देश्वर महतो र केदारनाथ यादवसहित लहान नगरपालिका संयोजक देवकान्त सिंह, सिरहा नगरपालिका संयोजक विपीन यादव, सुखीपुर नगरपालिका संयोजक सत्रुधन महतो, धनगढीमाई नगरपालिका संयोजक बैधनाथ महतो, नरहा गाउँपालिकाका संयोजक मनोज यादव, नवराजपुर गाउँपालिकाका संयोजक रामशङ्कर यादव, गोलबजार नगरपालिकाका संयोजक देवेन्द्रप्रसाद महतो, विष्णुपुर गाउँपालिकाका संयोजक वीरेन्द्रकुमार यादव तथा पार्टीका सक्रिय सदस्य अशेश्वर कामती, महेश महतो, भोलाजित नेपाल र जितेन्द्रकुमार सिंहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका छन् । 

प्रकाशित : २४ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६