अन्तर्राष्ट्रिय

भारतमा एकै दिन २५ हजार बढीमा कोरोना भाइरसको संक्रमण, संक्रमित ७ लाख ६९ हजार भन्दा धेरै



एजेन्सी, २५ असार ।  छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएको छ  । यो सँगै भारतमा मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ ।पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ ।

        संक्रमितको सूचीमा भारत विश्वमै तेस्रो राष्ट्र हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ७६ हजार ५५४ जना निको भएका छन् । भारतले लकडाउनमा खुकुलो पारेसँगै त्यहाँ संक्रमिहरु बढ्दै गएका छन् । 

प्रकाशित : २५ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६