अन्तर्राष्ट्रिय

अभिनेता अमिताभ बच्चन, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई कोरोना सङ्क्रमण



एजेन्सी, २८ असार ।  भारतका सुप्रसिद्ध बलीवुड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि परीक्षण गर्दा परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । अभिषेककी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्यालाई पनि कोरोनाभाइरस पुष्टि भएको हो ।  मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिश्नर विश्वास मोटेले ऐश्वर्यालाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेका हुन्। 

        शनिवार अमिताभ र अभिषेक सङ्क्रमित भएको पुष्टि भएको थियो। उनीहरू सङ्क्रमित भएपछि बलीवुडका हस्तीहरू र उनीहरूका प्रशंसकहरूले सुस्वास्थ्यको कामना गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिट्वरमार्फत् उनीहरूको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

        अमिताभ बच्चनले र अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी ट्वीट मार्फत दिएका थिए । दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। 

        अभिताभ बच्चन ७७ वर्षका छन् । पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका अभिताभ २०० वटा चलचित्रमा अभिनय गरेका छन्। उनका छोरा ४४ वर्षीय अभिषेक बच्चनले ५० भन्दा बढी चलचित्रमा अभियन गरेका छन्। दुवै जना मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएका छन्।  दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६