अन्तर्राष्ट्रिय

भारतमा एकैदिन २८ हजार बढीमा संक्रमण, कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो



एजेन्सी, ३० असार । एसियामा सबैभन्दा बढी र विश्वमा तेस्रो सूचीमा रहेको भारतमा कोरोना संक्रमितहरु बढ्दै गएका छन् ।  भारतमा २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित भएका छन् । गत चार दिनमा एक लाखभन्दा बढी संक्रमित थपिदा भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ ।

            वल्डोमिटर्सको तथ्याङ्क अनुसार  मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित पुष्टि भएका छन् ।  यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ ।

        अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ जना निको भएका छन्  कोरोना संक्रमित ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमित बढ्नु चिन्ताको विषय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६