अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर १ करोड ३२ लाखभन्दा धेरैमा कोरोना संक्रमण, ५ लाख ७५ हजार बढीको मृत्यु



एजेन्सी, ३० असार ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १ करोड ३२ लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजार ६८६  संक्रमित भएका छन् ।  १ लाख ९५ हजार ८५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित संक्रमितहरु हुन् । 

        पछिल्लो २४ घण्टामा ३ हजार ७३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार ४६६ पुगेको छ ।  विश्वभर ७६ लाख ९५ हजार ९२१ जनाले कोरोना संक्रमण जितेका छन् । 

        कोरोना कारण एसियाली देशहरुमा ७१ हजार ४५३ जनाको मृत्यु भएको छ । ३० लाख १५ हजार ४९ जना संक्रमित भएकोमा २० लाख ९६ हजार १९ जना निको भएका छन् । उत्तर अमेरिकी देशहरुमा १ लाख ८६ हजार ६१७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४० लाख ७० हजार ४१४ पुगेको छ । त्यसमध्ये १८ लाख ७६ हजार ९१० जना निको भएका छन् ।

        युरोपियन देशहरूमा १ लाख ९६ हजार ८२२ जनाको मृत्यु भएको छ । २५ लाख ८६ हजार ५८६ जना संक्रमित भएकोमा १५ लाख १७ हजार ६०६ जना निको भएका छन् । दक्षिण अमेरिकी देशहरूमा १ लाख ६ हजार ४४० जनाको मृत्यु भएको छ । २९ लाख ३० हजार ८६६ जना संक्रमित भएकोमा १८ लाख ८५ हजार ४१ जना निको भएका छन् ।

        ओसिनियाका देशहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ६४४ जना संक्रमित भएकोमा ९ हजार ३७२ जना निको भएका छन् । अफ्रिकी देशहरूमा १३ हजार ५०४ जनाको ज्यान गएको छ भने ६ लाख १४ हजार ४१२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ५ हजार ८५२ जना निको भएका छन् ।

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६