अन्तर्राष्ट्रिय

अयोध्या नेपालमा रहेको र राम नेपाली राजकुमार थिए प्रधानमन्त्री ओलीको दाबी, भाजपाद्वारा खण्डन



काठमाडौं, ३० असार । प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति व्यापक चर्चा र परिचर्चा सुरु भएको छ । 

        सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको खण्डन गरेका छन् ।  उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही हुन भनेर भनेका छन् । 

        भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई राजनीतिक विवाद उक्साउनेु भन्दै भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम भनिएको छ। अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई स्तब्ध पार्ने बयान भनेर उल्लेख गरिएको छ।

        नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको  प्रधानमन्त्रीको अभिव्यक्तिलाई नेपालीहरुले भने सत्य तथ्यको खोजी गर्नु पर्ने बताएका छन् । सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको भन्ने अभिव्यक्ति दिँदै भारतले दाबी गर्दै आएको अयोध्या नक्कली भएको दाबी गर्नुभएको थियो ।

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६