अन्तर्राष्ट्रिय

अमेरिकी नायिका तथा गायिका रिभेराको शव फेला



काठमाडौँ ३० असार । म्युजिकल कमेडी शो ग्लीबाट चर्चामा आएकी अमेरिकी नायिका तथा गायिका नाया रिभेराको शव फेला परेको छ । रिपोर्टका अनुसार हिट टिभी म्युजिकल कमेडी ग्लीकी नाया रिभेराको शव ६ दिनपछि साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो । उनी ३३ वर्षकी थिइन् ।काउन्टी सेरिफ बिल आयुबले सोमबार सीएनएनसँगको कुराकानीमा नाया रिभोराले मृत्युवरण गर्नुअघि आफ्नो भए भरको बल छोरालाई बचाउन लगाएको बताएका छन् ।

            उनले भने, ‘उनले आफ्नो भएभरको ऊर्जा छोरालाई डुङ्गामा राख्न खर्च गरिन् तर आफूलाई भने जोगाउन सकिनन्,’ आयुबले भने ।रिभेरा र उनका छोराले बुधबार एउटा डुङ्गा भाडामा लिएका थिए । ती बालकले उद्धारकर्मीलाई आफू आफ्नी आमासहित पौडी खेल्न गएको तर उनी डुङ्गामा फर्किएर नआएको जानकारी दिए । बालकले पछाडि फर्केर हेर्दा आमालाई पानी मुनी हराएको देखेको अनुसन्धानकर्तालाई बताएका थिए ।

                उनको छोरालाई डुङ्गामा सुतिरहेको अवस्थामा भेटिएको हो । डुङ्गाभित्र एउटा लाइफ ज्याकेट थियो भने अर्को ती बालकले लगाएका थिए ।उनको शव तैरिरहेको अवस्थामा जहाँ भेटियो त्यहाँको पानी ३५ देखि ६० फिट गहिरो छ । आयुबका अनुसार अनुसन्धानकर्ता उक्त शव रिभेराकै हो भन्नेमा निश्चित छन् तर उनको शवलाई दन्त परीक्षणमार्फत् पहिचान गर्नका लागि भेन्टुरा काउन्टी कोरोनर्सको कार्यालयमा लगिएको छ ।कार्यक्रम ग्लीको उनको सहकर्मी जेन लिन्चले ट्वीट गरिन्, ‘आराम गर प्यारी नाया ।

         तिमी कति साहसिली थियौं ।’रिवेराले निकै कम उमेरमा नै अभिनय गर्न सुरु गरेकी थिइन् । उनले चार वर्षको उमेमा सिबिएस च्यानलमा ब्रोडकास्ट रोयल फ्यामिली शोबाट सुरुवात गरेकी थिइन् तर सन् २००५ मा फक्स च्यानलमा आउने शो ग्लीमा समलिङ्गी टीन स्यान्टेना लोपेजको भूमिकाबाट उनले चर्चा पाइन् । यो कार्यक्रम सन् २००९ देखि २०१५ सम्म चलेको थियो ।नायाले सन् २०१४ मा हरर फिल्म डेविल्स डोरमा काम गरेकी थिइन् । उनले यो फिल्मका सहकर्मी रयान डोर्सीसँग विवाह गरेकी थिइन् । सन् २०१८ मा नाया र रयानको सम्बन्धविच्छेद भयो । यी दुईका चार वर्षका छोरा जोसे छन् ।

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६