अन्तर्राष्ट्रिय

भारतमा एकदिन २९ हजार बढी कोरोना संक्रमित, २४ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, ३१ असार ।  एसियामै पहिलो र विश्वमै कोरोना संक्रमित सूचीमा रहेको भारतमा कोरोना कहर बढ्दै गएको छ । त्यहाँ एकैदिन २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित छन् ।  भारतमा ६ दिनमा करिव २ लाख संक्रमित देखिएको भारतमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो ६ दिनमा मात्रै १ लाख ९३ हजार ९८६ जना संक्रमित भएका छन् ।

        भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा त्यहाँ ५८८ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या २४ हजार ३१५ पुगेको छ । संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना निको भएका छन् भने ३ लाख २० हजार ९२ जनाको उपचार भइरहेको छ । पछिल्लो एक हप्ता यता भारतमा कोरोना संक्रमितको संख्या अस्वाभाविक तवरले बढेको भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त व्यक्त गरेका छन् । 

प्रकाशित : ३१ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६