अन्तर्राष्ट्रिय

ट्रम्पको घोषणा: हङकङलाई दिइएको विशेष हैसियत अन्त्य



एजेन्सी, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको घोषणा गरेका छन् ।  चीनविरूद्ध लिएका कडा नीतिअन्तरगत ट्रम्पले पछिल्लो कदम चालेको बीबीसीले जनाएको छ । हङकङलाई दिइएको विशेष हैसियत अन्त्यसम्बन्धी एउटा एउटा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

        वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने धारणा व्यक्त गरे । ट्रम्पले भने ‘हङकङलाई अब मुख्यभूमि चीनझैँ व्यवहार गरिनेछ,’ अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन। ट्रम्पले हङकङमा मानव अधिकार हनन् गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमासमेत हस्ताक्षर गरेको बताए । हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो।

प्रकाशित : ३१ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६