अन्तर्राष्ट्रिय

एकै दिन भारतमा अहिलेसम्मकै धेरै ३२ हजार भन्दा बढीमा कोरोना संक्रमण, संक्रमित ९ लाख ७० हजार पार



एजेन्सी, १ साउन । विश्वमा तेस्रो र एसियामै सबैभन्दा बढी कोरोना संक्रमित भएको भारतमा एकै दिन कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएकोछ । अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो संख्या भारतमा एकै दिनमा पुष्टि भएको अहिलेसम्मकै धेरै  हो ।

         भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ ।  संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना निको भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरु ह्वात्तै बढ्दै गएको भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । 

प्रकाशित : १ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६