कपिलवस्तु ५ साउन ।सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको नमुना प्रारम्भिक वालविकास केन्द्रका लागि सहयोगी हातहरु जुटिरहेका छन । नमुना केन्द्र बनाउनका लागि कपिलवस्तु नगरपालिका वडा नं ३ सिद्धार्थ टोलमा स्थानिय एवं समाजसेवी हरिराज शर्माले दश धुर जमिन निशुल्क दिए पछि भवन निमार्णका लागि सहयोगी हातहरु बढेका हुन । उक्त भवन निर्माण कार्य भैरहेको छ । भवन निमार्णका लागि सांसद वृजेश कुमार गुप्ताले संसद विकास कोषबाट रु १० लाख वजेट सहयोग गर्नु भएको छ ।
त्यस्तै समाजसेवी एवं संस्थाका सदस्य कमला श्रेष्ठले भवन निमार्णको लागि रु ५१ हजारको चेक संस्थाका अध्यक्ष भोजराज खनाललाई हस्तान्तरण गर्नु भएको संस्थाका सदस्य तुल्शा अर्यालले जानकारी दिनु भयो । २ तले सुविधायुक्त नमुना केन्द्र बनाउनका लागि रु ६५ लाखको अनुमानित गरिएको बताउदै अध्यक्ष खनालले अनुमानित भन्दा कम लगानीमा भवन बनाइने बताउनु भयो । रु ५ हजार भन्दा माथि सहयोग गर्ने सहयोगी दाताहरुलाई शिलालेखमा नाम उल्लेख गरिने बताउनु भयो । २०५८ सालमा स्थापना भएको यस सेवाले ५ वर्ष देखि मुनिका वालवालिकाको चौतर्फी विकासका लागि प्रारम्भिक वालविकास केन्द्रहरुमा प्राविधिक सहयोग पुर्याउदै आएको थियो ।
संस्थाको वैठक तौलिहवामा बसेको थियो । अध्यक्ष भोजराज खनालको अध्यक्षतामा बसेको बैठकले विभिन्न योजनाहरु निमार्ण गरेको छ । हाल सम्म संस्थाले गरेका गतिविधिका बारेमा समिक्षा गर्दै आगामी दिनमा नमुना प्रारम्भिक बालविकास केन्द्रको निर्माणाधिन भवनलाई छिठो सम्पन्न गर्ने बैठकले निर्णय गरेको संस्थाका फिल्ड संयोजक अनिता शर्माले जानकारी दिनु भयो ।
प्रतिक्रिया