अन्तर्राष्ट्रिय

विश्वमा १ करोड ५० लाख बढी संक्रमण पुष्टि



काठमाडौं ७ साउन ।विश्वभर १ करोड ५० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख ३८ हजार ७२८ जनामा संक्रमण देखिएसँगै बुधबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९१ हजार ४५२ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६६९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४०० पुगेको छ ।

              बुधबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९१ लाख १० हजार १५३ पुगेको छ ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७४९ जनाको मृत्यु भएको छ । २७ लाख १ हजार ३९३ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख २१ हजार ३९० पुगेको छ । त्यसमध्ये २३ लाख १९ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरूमा ८२ हजार ६४६ जनाको मृत्यु भएको छ ।

            ३५ लाख २६ हजार ५१ जना संक्रमित भएकोमा २५ लाख १२ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३६० जनाको मृत्यु भएको छ । ३३ लाख ७३ हजार ६८७ जना संक्रमित भएकोमा २२ लाख ४६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा १५ हजार ७७० जनाको ज्यान गएको छ भने ७ लाख ५३ हजार ५४९ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख १२ हजार ६५४ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४९ जनाको मृत्यु भएको छ । १४ हजार १२१ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६