शिक्षा

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस खुले, भदौमा परीक्षाको तयारी



काठमाण्डौ ७ साउन । चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस खुलेका छन् । सरकारले लकडाउन हटाउने निर्णय गरैसँगै क्याम्पसहरु खुलेको विश्वविद्यालयले जनाएको छ । तर, क्याम्पसमा पढाइ भने भएको छैन । सरकारले नियमित पठनपाठन र पुस्तकालय खोल्न अझै रोक लगाएकाले अरु काम सञ्चालन गर्नेगरी क्याम्पस खुलेको विश्वविद्यालयले जनाएको छ । क्याम्पस खुलेसँगै त्रिविले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । चैतमा रोकिएको स्नातक र स्नातकोत्तर तहका परीक्षा तथा पठनपाठन सञ्चालन गर्नेबारे छलफल भैरहेको त्रिविले जनाएको छ । कोरोनाको सङ्क्रमण कम हुँदै गएमा भदौ पहिलो हप्ताभित्र परीक्षा गर्ने विश्वविद्यालयको तयारी छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६