अन्तर्राष्ट्रिय

बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युुनिसेफको प्रतिवेदन



काठमाडौँ ७ साउन ।  संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ । प्राप्त समाचार अनुसार संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका बञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो ।

           कोभिड १९ का कारण बालबालिकाले खेल्ने र विद्यालय या मन्टेश्वरी जान पनि नपाएकाले गर्दा विश्वमा बालबालिकाको हेरचाहको अवस्थामा पनि ह्रास आएको सो प्रतिवेदनमा जनाइएको थियो ।बालबालिकाले पाउने यो सेवाका लागि बाल स्याहार केन्द्र या प्राथमिक विद्यालहरु पनि बन्द रहेकोले यस्तो अवस्था आएको युनिसेफले जनाएको हो ।विश्वका कैयौँ देशमा फैलिएको यो महामारीका कारण लकडाउन गर्नु परेकोले उनीहरुका आमाबुबाहरु पनि समस्यामा परेका, कतिपयले आफ्नो रोजगारी पनि गुमाउनु परेकोले गर्दा पनि उनीहरुले आफ्ना नानीबाबुहरुलाई हेरचाह गर्न सक्ने अवस्था नरहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

           युुनिसेफको सो प्रतिवेदनमा मध्य तथा निम्न आय भएका विश्वका ५४ देशका बालबालिका विशेषगरी यस्तो समस्यमा परेका बताइएको छ । ती देशका तीन देखि पाँच वर्षको उमेरका बालबालिका यस्तो समस्यामा परेका मंगलबार युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । खासगरी अफ्रिकाका ९० प्रतिशत र एसियाका ७० प्रतिशत महिलाहरु अनौपचारिक क्षेत्रको रोजगारीमा रहेका र उनीहरुले अरु देशका महिलाले भन्दा बढी आफ्ना बालबालिकाको हेरचाह गर्न नपाएका पनि सो समाचारमा जनाइएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६