शिक्षा

कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि हुने



काठमाडौं ७ साउन ।  कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि हुने भएको छ। कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो।कोरोना १९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने भएको छ।विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ।परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ।

          यसैगरि बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि समेत सार्वजनिक गरेको छ।यसअघि ११ कक्षाको समेत परीक्षा लिंदै आएको बोर्डले अब परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धाङ्कपत्र प्रदान गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दिइएको छ।ग्रेडवृद्धिका लागि फारम भरेका विद्यार्थीको परीक्षा समेत विद्यालयले लिएपनि प्रमाणपत्र भने बोर्डले नै दिने छ।कक्षा ११ को परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ५ लाख २९ हजार र कक्षा १२ को परीक्षामा ४ लाख ३० हजार विद्यार्थी सहभागी हुँदैछन्।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६