पर्यटन

प्रदेश ५ का मुख्य सचिव सम्पदा क्षेत्र अवलोकनमा , सरकारवाट लगानीको आश्वासन



कपिलवस्तु १० साउनप्रदेश ५ अन्तर्गत कपिलवस्तु जिल्लामा रहेका प्रमुख पर्यटकीय सम्पदाहरुको प्रदेशका प्रमुख सचिब तोयनारायण ज्ञवाली सहितको एक टोलिले अवलोकन भ्रमण गरेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका बाणगंगा नगरका लक्ष्मणघाट ,कपिलधाम, मधुवनधाम ,मनकमना संस्कृत बिद्यापिठ ,खारखानी लगाएतका क्षेत्रहरुको अवलोकन सहित टोलीले अध्ययन गरेको हो ।

        धार्मिक रूपमा महत्वपूर्ण केही स्थल भएपनि संरक्षण र प्रचारप्रसार अभावले ओझेलमा रहेको बताउदै अबका बर्षहरुमा यस्ता स्थलहरुको बिकासमा प्रदेश सरकर गम्भिर भएर लागेको उहाको भनाई छ । प्रदेश सरकारक यस्ता सास्कृतिक र धार्मिक क्षेत्रको बिकास निर्माणमा कसरी लाग्न  सक्छ भन्ने उद्देश्यका साथ प्रदेशभरका पयर्टकीय स्थलहरुको अबलोकन भ्रमण गर्ने उहाले बताउनुभयो । लक्ष्मणघाटको अवलोकनपछि  प्रेसपाटीसंग कुराकानी गर्दै प्रमुख सचिब ज्ञवालीले यस्ता महत्वपूर्ण र ऐतिहासिक स्थल सिंगो प्रदेशकै पहिचान भएको बताउदै यस्ता स्थलको संरक्षण र प्रचारप्रसारका लागि सरकारले ठोस योजना ल्याउन लागेको बताउनु भयो ।


        प्रदेशमा रहेका यस्ता पर्यटकीय सम्पदाहरुको अध्ययन गर्दै प्रदेश सरकारले बिकासका योजनामा जोड्दै जाने उहाले बताउनुभयो । टोलीमा रहनुभएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थ ,नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक सहितको टोलीलाई लक्ष्मणघाटको ऐतिहासिक बिषयबस्तु र किवंदन्ती सुनाउदै लक्ष्मणघाट  बिकास समितिका अध्यक्ष रणबहादुर काउचा र सचिब प्रकाश भूषालले विकासका लागि सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

        अबलोकन भ्रमणमा बाणगंगा वडा नं  ६ का वडा अध्यक्ष सुकदेब थारु , बाणगंगा नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्राई , प्रशासन शाखा अधिकृत केशबराज भट्राई , आर्थिक प्रशासन शाखाका रामचन्द्र मरासिनी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १० श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६