अन्तर्राष्ट्रिय

विदेशमा १ सय ६१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गयो



काठमाण्डौ ११ साउन । संसारका विभिन्न देशमा रहेका १ सय ६१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अघिल्लो हप्ता थप एक जनासहित अहिलेसम्म १ सय ६१ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । समितिका अनुसार संसारका विभिन्न ३६ देशमा रहेका ३१ हजार १ सय ५० नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।उनीहरुमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपाली सङ्क्रमण मुक्त भएका छन् ।

                  कोरोना सङ्क्रमित हुने र निको हुने नेपालीको सङ्ख्या बढी नै रहेको छ । तर अन्य देशमा नयाँ सङ्क्रमित नेपाली घट्दै गए पनि खाडीका देश यूएई, कतार, कुवेत र साउदीमा रहेका नेपालीमा भने सङ्क्रमण बढिरहेको स्वास्थ्य समितिले जनाएको छ ।अघिल्लो साता अफ्रिकी देशमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यो साता त्यहाँ फेरि सङ्क्रमणदर केही बढेको छ । विदेशमा विस्तारै कामहरु सुरु भएका छन् । लकडाउनका कारण बन्द रहेका कामहरु पनि सुरु हुँदैछन् ।त्यसैले स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा र सवारी साधन प्रयोग गर्दा विशेष ख्याल राख्न अनुरोध गरेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

प्रकाशित : ११ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६