अन्तर्राष्ट्रिय

कोरोनाको कारण साउदी अरबमा स्याङ्जाका एक नेपालीको ज्यान गयो



स्याङजा, १२ साउन । विदेशमा कोरोना भाइरस संक्रमणबाट ९५ प्रतिशत नेपाली निको भइरहेको बताइरहेका बेला कोरोनाकै कारण साउदी अरबमा एक नेपालीको ज्यान गएको छ ।कोरोना संक्रमणका कारण साउदी अबरमा स्याङ्जा गल्याङ नगरपालिका–८ का रोशन श्रेष्ठको ज्यान गएको हो । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका उनको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पङ्गेनीले जानकारी दिएका छन् ।श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए । एनए मिडियाका म्यानेजिङ डाइरेक्टर समेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय थिए । श्रीमतीसहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाडौंमै छोडेर साउदीतर्फ फर्किएका थिए ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६