अन्तर्राष्ट्रिय

विषाक्त रक्सी पिउने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु



भारत १८ साउन ।  भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त रक्सी पिउने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अवैध रक्सी बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त रक्सी पिएर सयौँ व्यक्तिको ज्यान जाने गरेको छ । अवैध यस्तो रक्सी स्थानीय बजारमा प्रति लिटर भारु १० मै पाइने गरेको छ । प्रहरीकाअनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ ।

         यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त रक्सी खाएर मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको सङ्ख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ ।पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताउनु भएको छ । उहाँले अवैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताउनु भएको छ

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६