कपिलवस्तु १८ साउन । कपिलवस्तु जिल्लामा अघिल्लो आवको तुलनामा गत आवमा दुर्घटनावाट मृत्यू हुनेको संख्यामा ४० प्रतिशतले कमि आएको छ । गएको एक वर्षमा भएका सवारी दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । सो भन्दा अघिल्लो आवमा ७८ जनाको दुर्घटनामा मृत्यू भएको थियो । यसरी दुर्घटनामा कमी आउनुमा मुख्य कारण लकडाउन वनेको छ भने अघिल्लो आवमा भन्दा धेरै सडक कालोपत्रे हुनुले समेत दुर्घटनामा कमी आएको नागरिक अगुवाहरुको दाविछ ।
त्यसोत ट्राफिक प्रहरी कार्यलयले पनि यी दुई कारण मुख्य भएको स्वीकार्दै ट्राफिक निगरानी प्रभावकारी हुनु र टाइम कार्ड प्रणाली ढुवानीका साधनमा लागु हुनु समेत दुर्घटना न्यूनीकरणका कारण भएको वताउछ । विवरण अनुसार जिल्लाको विभिन्न भागमा आर्थिक वर्ष २०७६/०७७ मा १ सय ५६ दुर्घटनामा ४७ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा परि १ सय ५१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटना र मृत्युमा कमि आएको छ ।
कोरोना भाईरसका कारण चैत ११ देखि लकडाउन भएको कारण दुर्घटनामा कमी आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा १ सय ५८ सवारी दुर्घटनामा ७८ जनाले ज्यान गुमाएका थिए् । यस्तै आर्थिक २०७४/०७५ मा १ सय २३ सवारी दुर्घटनामा ६५ जनाको ज्यान गएको थियो । यसरी हेर्दा आर्थिक वर्ष २०७६०७७ मा सवारी दुर्घटनामा कमि देखिएको हो । दुर्घटना न्युनीकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन भएपनि दुर्घटनाको क्रम नरोकिएको प्रहरीले जनाएको छ । जिल्लामा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी रहेको छ ।
गत आर्थिक वर्षमा मोटर साइकल ७७, साइकल १३, ट्रक ११, जिप र कार १८, बस १५, ट्रिप्पर ३, ट्रयाक्टर १३, अटो रिक्सा ५ र फरार रहेका सवारी साधन १ वटा दुर्घटनामा परेकोे हो । यस्तै लकडाउनको अवधिमा २८ वटा सवारी साधान दुर्घटनामा परेका छन् । जिल्लामा सडक बिस्तार तथा मर्मत सभांर नहुनु, सवारी चाप वढ्नु, वाटो सागोरो हुनु र तिव्र गति दुर्घटनाको मुख्य कारण रहेको प्रहरीको भनाई छ । ट्रफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि टाइम कार्ड को व्यवस्था गरेको गरेपनि दुर्घटनामा कमि नआएकोमा सरोकारवालाहरु चिन्तीत वनेका छन् ।
प्रतिक्रिया