खेलकुद

खेलाडीको पीसीआर परीक्षण २ चरणमा हुने



काठमाण्डौ १९ साउन ।  विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो ।राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुको पाटन अस्पतालमा परीक्षण गरिनेछ ।त्यसका लागि अखिल नेपाल फुटबल सङ्घले ७० वटा परीक्षण गर्ने अनुमति पाइसकेको छ ।

                     पहिलो चरणमा उपत्यका बाहिरबाट आएका खेलाडीको परीक्षण हुनेछ । दोस्रो चरणमा काठमाण्डौमा बस्दै आएका तथा विभागीय टिमका खेलाडीको परीक्षण हुनेछ । त्यसपछि खेलाडीसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्राउण्ड तथा होस्टल कर्मचारीको परीक्षण हुनेछ । विश्वकप छनोट प्रतियोगिताका खेल खेलाउन एसियाली फुटबल महासङ्घले प्रस्ताव गरेको मिति पारित भएमा खेल सुरु हुन दुई महिनाको समय बाँकी छ ।

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६