अन्तर्राष्ट्रिय

लेबनानको राजधानी बेरुतमा भयानक बिष्फोट , ७० जनाको मृत्यु , ४ हजार घाइते



काठमाडौं, २१ साउन । लेबनानको राजधानी बेरुतमा भयानक बिष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् ।अधिकारीका अनुसार भारी बिष्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिष्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन बिष्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् ।

      बिष्फोट कसरी भयो यसको अनुसन्धान जारी छ ।घटनास्थलमा भएका बीबीसी पत्रकारका अनुसार शव छरिएका छन् र भारी क्षति भएको छ । प्रधानमन्त्री हसन दिआबले यसलाई भयावह बताएका छन् र घटनाका दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।उक्त बिष्फोटक नाइट्रेट सन् २०१४ देखि नै भण्डार गरिएको थियो । समाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले वरिपरीका सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका छन् । बिष्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

             यो बिष्फोट सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको अनुसन्धान र अदालती सुनुवाईको निर्णय आउनु ठिक अघि भएको हो । बिष्फोट शहरको तटीय इलाकामा भएको हो । अनलाइन पोस्ट गरिएको भिडियोमा बिष्फोटको दृष्य निकै भयानक छ । आगोका लप्का निकै माथिसम्म उठिरहेको देख्न सकिन्छ । स्रोत  बीबीसी

https://youtu.be/kuHdhPBFDnE

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६