अन्तर्राष्ट्रिय

नेपाली सेनाको टोली शान्ति स्थापनाका लागि इराकतर्फ प्रस्थान



काठमाडौं, २१ साउन । तीन महिनादेखि रोकिएको नेपाली सेनाको टोली शान्ति स्थापनाका लागि आज (बुधबार) इराकतर्फ प्रस्थान गरेको छ ।३५ जनाको टोली बुधबार बिहान इराक प्रस्थान गरेको हो सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिएका छन् । कोरोना संक्रमणलगायतका कारण तीन महिना पहिले नै जानु पर्ने टोली रोकिएको थियो ।हिमालयन एयरलाइन्सको एयरक्राफ्टमार्फत ३५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।नेपाली सेनाको सैनिक मिसन कोरोनाका कारण तीनदेखि चार महिना प्रभावित भएको प्रवक्ता पौडेलले बताएका छन् । मालीमा असार ३१ गते नै टोली प्रस्थान गरिसकेको छ ।

              पहिलो पटक नेपाल एयरलाइन्समा २१३ जनाको टोली गएको हो ।त्यस्तै लिवियामा २३० जना जानु पर्नेमा ११४ जना पहिलो फ्लाइटमा काठमाडौंबाट ट्युनिसिया र त्यहाँबाट लिविया जानेछन् । ट्युनिसियाबाट स्वीकृति प्राप्त भइनसकेका कारण प्रस्थान गर्न ढिलाइ भइरहेको छ ।साउथ सुडानमा मार्चमा जानु पर्नेमा जुलाइमा मात्रै गएका थिए । १४ गते पहिलो फ्लाइटमा २३८ जना गएका छन् । अब दोश्रो र तेश्रोमा गरी ७०० सैनिक त्यसतर्फ प्रस्थान गर्ने छन् । सुडानमा भदौ ३ र २१ गते जाने तयारी भइरहेको प्रवक्ता पौडलको भनाइ छ ।उनले उडान प्रभावित हुन सक्ने सम्भावना भने रहेको जानकारी दिएका छन् । इराकमा सन् १९९५ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुँदै आएको छ ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६