साहित्य

फूल टिप्नु पाप होइन



फूल टिप्नु पाप होइन
तिमी आकस्मिक सुन्दरताको
पछि लाग्छौ र त
अनन्त दुखाई भोगिरहेछौ
फूलको सुन्दरता
जवानीको सुन्दरता
आकृतिको सुन्दरता
सम्पन्नताको सुन्दरता
प्रेमको सुन्दरता
त्यसैले,
बनाउ कुरुप बगैंचा
कोर फोहोरी आकृतिहरु
र फुल्नदेउ
जीवनलाई प्रकृतिको बेढंगपनमा
अनि पो,
खोला निरन्तर बगिरहनेछ
तिमी निरन्तर बगिरहनेछौ
जीवन निरन्तर बगिरहनेछ

तिमी,
स्वामित्वको सुन्दरता
सम्पतिको सुन्दरता
भावनाको सुन्दरता
हेराइको सुन्दरता
सभ्यताको सुन्दरता
जातित्त्वको सुन्दरता
सफलताको सुन्दरता
र लामो यात्राको सुन्दरताको
कुरुप आकृति कोरिरहेछौ
तिमीले आफुलाई
मिलाउने नाममा
सजाउने नाममा
कसैको चित्त बुझाउने नाममा
आफ्नो जिन्दगीको टुहुरो यात्रा गरिरेहेछौ

त्यसैले ,
भत्काऊ सारा पर्खालहरु
उजाड सुन्दर बगैचाहरु
तोड सभ्यताका जन्जिरहरु
त्याग सबै वैभवहरु
अनि,
फुल्नदेउ जीवनलाई प्रकृतिमा
फुल्नदेउ फूललाई
बाटोमुनि, खोच र पाखाहरुमा
अनि भोग्न देउ जीवनलाई
आफु उभिएको माटोमा र
प्रकृतिको बसन्त शिशिरमा
त्यसैले ,
फूल टिप्नु पाप होइन
यो त यौटा जीवन भोगाइ हो।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६