ब्रेकिंग न्युज

इन्सपेक्टर सहित ४० कारबाहीमा, १ सय पुरस्कृत



भैरहवा, २२ साउन  । रुपन्देही प्रहरीले संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने प्रहरीलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आव २०७६/०७७ मा भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, काम कारबाहीमा लापरबाही, गैरव्यवसायिक कार्य र अनुशासनहीन काम गरेका ४० प्रहरीलाई कारबाही गरेको हो । कार्यालयले गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरेको छ ।

        जसअन्तर्गत ४० जनालाई कारबाही, १ सय जनालाई पुरस्कृत र एक सय अठार जनालाई बढुवा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता खड्ग बहादुर खत्रीले वताउनु भयो । कार्यालयका अनुसार गत आर्थिक वर्षको सो अवधिमा एक प्रहरी निरिक्षक, ५ प्रहरी नायब निरिक्षक सहित ४० प्रहरीलाई कारबाही गरिएको छ । २ प्रहरी जवान र एक प्रहरी हवल्दार गरी ३ जनालाई सेवाबाट नै हटाईएको छ भने २ प्रहरीलाई कारबाही स्वरुप ग्रेड घटुवा गरिएको छ ।

    प्रहरी संगठनले गलत काम गर्नेलाई कारबाही मात्र नगरी राम्रा काम गर्नेलाई पुरस्कृत पनि गर्दै आएको छ । संगठनले उत्कृष्ट कार्य गरेबापत जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्तर्गतका प्रहरी प्रमुख सहित १ सय जनालाई पुरस्कृत गरेको छ । यस्तै रुपन्देही जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले महिनैपिच्छे पुरस्कृत गर्दै आएको छ । 

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६