एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा आज (शुक्रबार) इटालियन क्लब युभेन्ट्स र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुँदैछ ।सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले घरेलु मैदानमा लियोनसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।घरेलु मैदानमा लियोनविरुद्ध मैदान उत्रदा युभेन्ट्स जितको खोजीमा हुनेछ ।तर, युभेन्ट्स घरेलु मैदानमै दबाबमा हुनेछ । किनकि पहिलो लेगमा पराजित युभेन्ट्सलाई अन्तिम आठको यात्रा तय गर्न जित बाहेक अन्य बिकल्प छैन ।गत फेब्रुवरीमा भएको पहिलो लेगमा लियोनले युभेन्ट्सलाई १-० ले हराएको थियो ।
त्यसैले अन्तिम आठमा पुग्न युभेन्ट्सलाई बराबरीले पुग्नेछैन ।सिरी ‘ए’ को उपाधि जितेपनि युभेन्ट्सले पछिल्ला दुई खेलमा लगातार हार व्यहोरेको थियो । जसको कारण पनि युभेन्ट्स दबाबमा हुनेछ ।तर, स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फिट भएपछि युभेन्ट्सलाई केहि राहत भने मिलेको छ । च्याम्पियन्स लिगकै लागि भनेर युभेन्ट्सले सिरी ‘ए’ को अन्तिम खेलमा रोनाल्डोलाई विश्राम दिएको थियो ।यता, लियोन भने दबाब रहित भएर मैदान उत्रनेछ । पहिलो लेगको जितले लियोनलाई बराबरीले पनि अन्तिम आठको यात्रा तय गराउनेछ ।तर, लियोन जितकै लागि मैदान उत्रनेछ ।कोरोनाको महामारीले लिग वन रद्द भएपछि लियोनले पर्याप्त तयारीको मौका समेत पाएको थियो ।
प्रतिक्रिया