पर्यटन

कोभिड विरुद्धको संघर्षमा नागरिकको सार्थक सहयोग आवश्यक छ:मुख्यमन्त्री पोख्रेल



कपिलवस्तु २८ साउन ।  विजय  उत्सवको रुपमा मनाइदैं आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शखंर पोख्रेलले शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना दिदैँ उहाँले भन्नुभएको छ ” नेपाली दिदीबहिनी तथा दाजुभाइ विशेष गरी पाल्पाली जनसमुदायप्रति भगवती जात्राको बधाई तथा शुभकामना व्यक्त गर्दछु ।” नेपाल अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पामा यो जात्रा धुमधामका साथ मनाइदै आएको  छ ।

             हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। भगवती जात्रा पुर्खाले राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहास सम्झाउने उत्सव हो । दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता–धीरता गाथाको स्मरण गराउँछ ।” यस जात्राले  हामीलाई राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिड्न प्रेरित गरेको छ । “पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाईलाई सम्झदै हामी त्यही सत्मार्गमा हिडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रुपमा अघि बढौं ” पोख्रेलले भन्नुभयो । 

विसं १८७१\७२ को नेपाल—अंग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल गरिएको थियो । जीतगढीको लडाई मोर्चामा आफ्नो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्ततः नेपाल कब्जा गर्ने अंग्रेजको योजनालाई उनले विफल बनाइदिएका थिए । “अंग्रेज फौजलाई परास्त गरी विजय हासिल गर्ने कर्णेल उजिरसिंह  सहित सबै योद्धाप्रति उच्च सम्मान व्यक्त गर्दछु ” पोख्रेल  भन्नुभयो।

     कर्णेल उजिरसिंहकै अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरिँदै आएको छ । जात्रालाई निरन्तर रुपमा आयोजना गर्न खट्ने सबैप्रति मुख्यमन्त्री पोख्रेलले सम्मान व्यक्त गर्नुभएको छ । यसवर्षदेखि प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पामा सार्वजनिक विदा दिने निर्णय गरेको पोख्रेलले बताउनुभयो ।

   ” यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढिरहेको बेला नागरिकको सार्थक सहयोग आवश्यक छ ।

 कोरोना विरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । जात्रा र पर्व मनाउँदा सामाजिक दुरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोना विरुद्धको अभियानलाई सार्थक बनाऔं । भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढंगले सामाजिक दुरी कायम गरी मनाउन म हार्दिक अपील गर्दछु । कोभिड—१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढंगले मनाउने नै छौं “उहाँले भन्नुभयो ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६