काठमाडौं २९ साउन । लामो समयको अशोभनिय कटाक्ष र टिका टिप्पणी , खिचातानी र बाणीवाट हानाहान जस्ता विषयले अव भने नेकपामा स्थान नपाउने भएका छन् । उच्च राजनैतिक श्रोतका अनुसार नेकपा विवाद हल गर्ने सुत्र फेला परेको छ । जसका लागि दुबै अध्यक्षको पदत्याग गर्न ओली र प्रचण्ड सहमत भएका छन् । दोश्रोतहका नेतालाई महाधिबेशन आयोजक कमिटीको संयोजक घोषणा गरेर ओली र प्रचण्ड केन्द्रिय नेताका रुपमा मात्र रहेर महाधिबेशन गर्ने सहमतिमा पुगका छन् ।
यद्धपी यसको औपचारीक निर्णय भने केहिदिनमा हुनेछ । गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि शुरु भएको विवाद समााधानउन्मुख रहेको नेकपा स्रोतले बताएको छ । स्रोतको अनुसार जारी विवाद समाधानका लागि महाधिवेशनको मिति तोक्न प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन् ।
त्यसो त गत शनिबार महासचिव विष्णु पौडेलसँगको भेटमै प्रचण्डले दुबै अध्यक्षले राजीनामा दिने र महाधिवेशन आयोजक कमिटी बनाएर विवाद समाधान गर्ने प्रस्ताव ओलीलाई पठाएका थिए । आफूनिकट नेताहरुसँगको परामर्शपछि ओली केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेर महाधिवेशनको मिति तोक्न सकारात्मक भएका छन् । तर ओलीले दुबै अध्यक्षले राजीनामा दिने सवालमा २ अध्यक्ष थप छलफलमा बस्नुपर्ने बताएका छन् ।ओलीले दुबै अध्यक्षले राजीनामा दिने हो भने महाधिवेशन आयोजक कमिटीको संयोजक प्रचण्ड पनि हुन नहुने तर्क अगाडि सारेका छन् ।
दोस्रो तहका नेताहरु सम्मिलित एउटा कमिटी बनाएर महाधिवेशनसम्म पार्टीको कार्यकारी अधिकार सोहि कमिटीलाई दिन सकिने ओलीको प्रस्ताव छ ।ओलीले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी नदिने बताएका छन् । तर त्यसको लागि ओलीले आफूलाई सर्वोच्च नेताको पद नेकपामा तय गरिनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपाल समूह पनि ओलीले अध्यक्षमा उम्मेद्वारी नदिएमा उनले भनेजस्तो पद नेकपामा जना गर्न सकिने बताएका छन् ।प्रचण्डले महाधिवेशन आयोजक कमिटीको संयोजकमा दाबी नगरे उनले भनेजस्तै दुबै अध्यक्षले पाटीबाट राजीनामा दिन ओली तयार भएको वालुवाटार स्रोतले बतायो । महाधिवेशनको मिति तोक्न दुबै अध्यक्ष तयार भएकोले सचिवालयमार्फत महाधिवेशनको मिति घोषणा गरेर नेकपाको जारी विवाद हल गर्न दुबै समूह तयारीमा लागेका छन् ।
प्रतिक्रिया