३१ साउन २०७७,
रुपन्देहीमा १७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहका अनुसार सिद्धार्थनगर नगरपालिकामा १४ जनामा कोरोना संकमण देखिएको छ । भैरहवा बैंकरोडमा रहेको एसविआई बैङ्कका १२ जना कर्मचारीमा संक्रमण भएको पुष्टि भएको छ । २ जना स्थानीयमा समेत संक्रमण देखिएको छ ।
शनिवार बुटवल उपमहानगरपालिकामा ३ जना संक्रमित थप भएका छन् । थप भएका वडा नं. ११ का रहेका छन् । रुपन्देही जिल्लामा १०४ जना उपचारमा रहेका छन् । संक्रमित सबै समुदायका रहेका छन् । बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा समुदायमा कोरोना देखिएको शाहले बताए ।
प्रतिक्रिया