प्रदेश

लकडाउनमा पसल खोल्दा र सवारी चलाउँदा ४० जना समातिए ।



चन्द्रौटा,३१ साउन

कपिलवस्तुका लकडाउन उल्लघंन  गर्ने ४० जना कारबाहीमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा प्रशासनले गरेको अनुगमनका क्रममा लकडाउन उल्लघंन गरेका व्यापारी तथा सवारी साधनहरूलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । शनिवार जिल्लाको तौलिहवा, जितपुर,बुद्धभुमी र चन्द्रौटा क्षेत्रमा अनुगमन गरिएको थियो ।

प्रशासनको सूचनालाई अवज्ञा गरी पसल सञ्चालन तथा सवारी साधनहरू सञ्चालन गरेको पाइएकोले संक्रामण ऐन २०२० बमोजिम कारबाही भएको उहाँले बताउनुभयो । कारबाही बाट रु ४ हजार रकम सङ्कलन भएको छ । जिल्ला प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले बजारमा मास्क प्रयोग नगरेका नागरिकहरूलाई सचेत गराई मास्क लगाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । बजारमा ठेला तथा विभिन्न माध्यमबाट तोकिएको समय भन्दा अन्य समयमा व्यापार गरिरहेका व्यापारीलाई नियमअनुसार कारबाही भएको जनाइएको छ ।

पछिल्लो समयमा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना देखिएपछि साउन ३२ गते सम्मको लागि प्रशासनले कडाइ गरेको छ । संक्रमितको सख्या बढेकोले लकडाउन थपिने नेपालीले बताउनुभयो । लकडाउन प्रहरी प्रशासनको लागि नभएर आम नागरिकहरूको सुरक्षाको लागि भएकोले यसको अवज्ञा गरेमा नागरिकहरूलाई समस्या पर्ने सहायक प्रजिअ नेपालीले बताउनुभयो ।

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६