बुटवल ७ भदौ। रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने भएको छ । गत साउन २९ गतेबाट जारी निधेषाज्ञा आज राती सकिदैँ छ । जोखिम उच्च रहेकोले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सीसीएमसीको वैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्न सिफारिस गरेको र साँझसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो ।
७ भाद्र २०७७, आइतबार
प्रतिक्रिया