सूचना र प्रविधि

कोरोना विरुद्धको खोप उपलब्ध गराउने मिडिया रिपोर्ट झुटो



एजेन्सी । भारतको औषधी निर्माता कम्पनी सीरम इन्सिटीट्यूट अफ इन्डियाले ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराइने मिडिया रिपोर्ट झुटो भएको बताएको छ । एसआईआईले एक वक्तव्य जारी गर्दै मिडियामा ७३ दिनभित्र कोभिड–१९ विरुद्धको खोप आउने भनेर प्रकाशित समाचार फर्जी भएको बताउँदै यस्ता रिपोर्टको कुनै अर्थ नरहेको बताएको हो । वक्तव्यमा एसआईआईले भनेको छ, ‘हामीलाई सरकारले खोप उत्पादनको अनुमति दिएको छ ।

             तर, खोप बजारमा तब मात्र आउनेछ, जब परीक्षणबाट यो प्रभावकारी भएको सफलतापूर्वक पुष्टि हुनेछ । बजारमा आउनुभन्दा अघि खोपले सबै मानकलाई पुरा गर्नुपर्ने हुन्छ ।अक्सफोर्ड एस्ट्राजेनेको खोपको तेस्रो चरणको परीक्षण अहिले चलिरहेको छ । जबसम्म हामी यो खोपले बिना कुनै खतरा काम गर्न सक्छ भनेर सन्तुष्ट हुनसक्दैनौँ, यो बजारमा आउनेछैन । यसबारे हामी आधिकारिक रुपमा नै पुष्टि गर्ने छौँ ।’यसअघि बिजनेस टुडेले अबको ७३ दिनभित्र एसआईआईको खोप बजारमा आउने समाचार प्रकाशित गरेको थियो ।


प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६