साहित्य

उपप्रधानमन्त्री सहित मन्त्रीको रिपोर्ट नेगेटिभ



काठमाडौँ १४ भदौ ।  कोरोना संक्रमितसँग सम्पर्क भएको देखिएपछि सजगता अपनाउँदै आइसोलेटेड भएर कार्य गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा लगायतको पीसीआर रिपोर्ट निगेटिभ आएको छ ।स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार स्वास्थ्मन्त्री ढकालसहित सबैको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएको हो ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि केही दिनअघि उक्त स्थानमा बैठकमा सहभागी भएका उनीहरु सजग भएर सुरिक्षत बसेका थिए ।मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको शनिबार बिहान सीसीएमसीको टोलीले पीसीआर परीक्षण गरेको थियो ।सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो 

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६