अर्थ-वाणिज्य

घरमा गएर श्राद्ध गर्ने पुरोहित सहित २५ जना आइशोलेशनमा



रुपन्देही १८ भदौ । स्थानीय सरकारले अनलाइनवाट श्राद्ध गर्न दिएको निर्देशन अबज्ञा गर्दै घरमा गएर श्राद्ध गराएका पुरोहित सहित संपर्कमा आएका २५ जना बीहिवारवाट होम हाइशोलेशनमा बस्नु परेको छ । यो संगै रुपन्देहीको सैनामैनामा एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शिल गरिएको छ । सैनामैना ११ की ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको थियो । उनको घरमा बुधबार श्राद्ध रहेको र श्राद्धपश्चात् स्थानीय मेडिकलमा उपचारका लागि गएका उनीहरुलाई मेडिकलका स्वास्थ्यकर्मीले बुटवल जान सुझाएका थिए ।

    उनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि सो टोलका २५ जना होम आइसोलेशनमा बसेका छन । उनका छोराको दुध डेरी रहेको र डेरीमा दुध लिन आउनेहरु र श्राद्धमा सहभागी भएका घरपरिवार आइसोलेशनमा बसेका वडा नं ११ का अध्यक्ष सुनील मरासिनीले जानकारी दिनुभयो । उनका अनुसार टोल शिल गरेर घरबाहिर निस्किन रोक लगाइएको छ । सो घरमा श्राद्ध गराउन गएका पुरोहितसमेत होम आइसोलेशनमा रहेका छन । 

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६