शिक्षा

अन्तर्राष्ट्रिय साक्षरता दिवस,भर्चुअलरुपमा विभिन्न कार्यक्रम हुँदै



काठमाण्डौ २३ भदौँ ।  आज अन्तर्राष्ट्रिय साक्षरता दिवस ।  भर्चुअलरुपमा विभिन्न कार्यक्रम हुदैँ छन् । दिवसका अवसरमा  सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा  कार्यक्रम हुँदैछन् भने शिक्षा तथा मानव संसाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ । यस्तै, अहिले केहीबेरमा भक्तपुरको सानोठिमीमा वृक्षारोपण समेत हुँदैछ ।अहिलेसम्म नेपालका ५३ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । २४ जिल्लामा घोषणा गर्न बाँकी छ । कोरोना भाइरसको जोखिम बढेकाले यी जिल्लामा साक्षरता अभियान चलाउन कठिनाइ भएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ ।

          व्यक्तिलाई पूर्ण साक्षर नबनाएर घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ । यसैबीच, राष्ट्रिय शिक्षा दिवस भने आज नमनाइने भएको छ । यसअघि अन्तर्राष्ट्रिय साक्षरता र राष्ट्रिय शिक्षा दिवस एक साथ मनाउँदै आए पनि यसपालिदेखि छुट्टै मनाइने शिक्षा मन्त्रालयले जनाएको छ ।शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको छ र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६