अर्थ-वाणिज्य

बुद्ध पर्यटन प्रवर्दन समिति गठन ,प्रदेश ५को प्रतिनिधित्व न्यून



रुपन्देही २५ भदौ ।  नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्ध पर्यटन प्रवर्दन  समिति गठन भएको छ । लुम्बिनी तथा बुद्ध र बुद्ध धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाहरुको प्रवर्दन  तथा प्रचार प्रसार गर्ने उद्देश्यले पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको अग्रसरता एवं संयोजकत्वमा समिति गठन भएको हो ।बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी संयोजक रहेको उक्त समितिमा पर्यटन व्यवसायी विक्रम पाण्डे सहसंयोजक, बुद्ध धर्म संस्कृतिका अध्येता प्रा डा रमेश ढुङ्गेल, डा सन्दुक रुइतलगायत पर्यटन क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्ति एवं पर्यटनसम्बद्ध संघसंस्थाका नेतृत्वसमेत सदस्यका रुपमा रहेका छन्।

        लुम्बिनी विकास कोषको पनि प्रतिनिधित्व रहेको उक्त समितिले बुद्धसँग सम्बन्धित अन्य स्थल तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा र सगरहवाको प्रवद्र्धन ब्राण्डीङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीयस्थलसँग जोड्ने कार्य तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारको ढाँचा तय गर्नेछ ।उक्त विषयमा अध्ययन र विचारविमर्श गरी कार्ययोजना बनाएर तीनै तहका सरकार, स्थानीय समुदाय, निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्ने कार्यक्रम तय गरिएको छ ।

    भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेका अवस्थामा बौद्घमार्गी तथा शान्तिप्रिय पर्यटकलाई विभिन्न मुलुकबाट नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य स्थलमार्गबाट लुम्बिनी ल्याउन पहल गर्ने कार्यको समेत उक्त समितिले योजना बनाउने जनाइएको छ । यस्तो समितिमा बौद्ध जन्म स्थल लुम्विनी क्षेत्रको प्रतिनिधत्व भने न्यून छ । राजधानीमा रहने र बोर्डसंग विभिन्न हिसावले नजिकको सम्वन्ध रहेकाहरु मात्र यसमा समेटिएका छन् । बुद्धले २९ वर्ष विताएको प्राचिन कपिलवस्तु यो समितिमा उपेक्षित भएकेछ । 

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६