सूचना र प्रविधि

आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने



काठमाण्डौ ५ असोज । आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम, उत्तर(पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

        उहाँका अनुसार आज दिउँसो देशभर सामान्यतया बद्ली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । प्रदेश नम्बर १ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ । राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ वाग्मती, गण्डकी र प्रदेश ५ का केही ठाउँमा हावाहुरीसमेत आउने सम्भावना छ ।

               यस्तै भोलिदेखि आउने शुक्रबारसम्म नै प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । अरु ठाउँहरुमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अबको केही दिन नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

प्रकाशित : ५ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६