काठमाडौं ६ असोज। कान्ति बाल अस्पताल राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्नको प्रारम्भिक आकस्मिक उपचार सेवा निशुल्क गर्ने भएको छ ।अस्पतालले मंगलबार एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामीका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।कान्ति बाल अस्पतालमा निर्देशक डा. कृष्ण पौडेल कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपाएर ज्यान गुमाउने अवस्था नआओस भनेर यो सेवा सुरु गरेको बताउँछन् ।
यसले धेरै विपन्न बालबालिकालाई राहत हुने बताउँदै उनी भन्छन्, ‘ धेरै बालबालिका अब उपचार सेवाबाट बञ्चित हुनेछैनन् ।’उनले यो सेवा हाल जन्मेदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको हकमा लागू हुने भए पनि यसलाई बढाएर १८ वर्षसमम बनाउने लक्ष्य रहेको जनाए ।
असोज १ गतेदेखि राष्ट्रिय ट्रमा सेन्टरले पनि विपन्नका लागि आकस्मिक निशुल्क सेवा शुरु गरेको थियो । संघीय अस्पतालमा पनि यो विपन्नहरुको लागि आकस्मिक निशुल्क सेवा सञ्चालन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।कान्ति अस्पतालले जारी गरेको सूचना अनुसार उपचार खर्च नभएका सेवाग्राहीले समेत यो सेवा पाउनेछन् । त्यसको लागि अस्पतालको सामाजिक सुरक्षा इकाइमा सम्पर्क गर्नुपर्छ ।
प्रतिक्रिया