ब्रेकिंग न्युज

म संक्रमित भएँ ,प्लीज फोन नगर्नुहोला :मे.सु.खनाल



बुटवल ८ असोज  कोरोना उपचारमा प्रदेश ५ मै प्रत्यक्ष नेतृत्व गर्दै आएका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित हुनु भएको छ ।  डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नु भएको हो । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै होम आइसोलेशनमा बसेको जानकारी गराउनु भएको छ  ।

    आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै उहाले छिट्टै निको भएर काममा फर्किने विश्वास व्यक्त गर्नु भएको छ  ।आफूसँग पछिल्लो ४—५ दिनदेखि नजिक भएकाहरुमा लक्षण छन् भने अस्पतालको फिभर क्लिनिकमा आएर निःशुल्क पीसीआर टेस्ट गराउन र लक्षण नभएकाहरु ५—७ दिनको सेल्फ आइसोलेशनमा बसेर सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गर्नु भएको छ ।‘शुभेच्छुकहरुले मलाई धेरै फोन नगरिदिनुहोला, किन भने मलाई सुख्खा खोकीले आक्रान्त पार्दैछ,मेसेज जति गरे पनि हुन्छ । तर सकारात्मक होस् जसले मलाई मनोबल उच्च पार्न सहयोग गर्नेछ, र म छिट्टै यहाँहरुको सेवामा हाजिर हुन पाऊं,’ लामो स्टाटस पोष्ट गरेका खनालले फेसबुकमा लेख्नु भएको छ ।

    यता  रुपन्देहीमा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा २३ महिला ५८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।८२ जनामध्ये बुटवल उपमहानगरमा मात्रै ४२ जना छन् । यस्तै तिलोत्तमा नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा ३ जना तथा देवदह नगरपालिका र ओमसतिया गाँउपालिकामा २/२ जना नयाँ संक्रमित थपिएका छन् ।योसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २२ सय ८२ पुगेको छ । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३१ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६