प्रदेश

बुद्धभुमी वडा नं. १० का अध्यक्षको निधन ।



कपिलवस्तु असोज १०
कपिलवस्तुको
बुद्धभुमी नगरपालिका वडा नं. १० का अध्यक्ष त्रिलोकी खरविन्दको निधन भएको छ
। सोही वडाको चेतरादेईमा बस्दै आउनु भएका ५५ वर्षका खरविन्दको घरमा मृत्यु
भएको थियो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनु हुन्थ्यो । ‘ राती
११ बजे सम्म मोवाइल चलाएर सुत्नु भएका थियो । राती  ३ बजे आमाले जगाउन
खोज्नु भएको थियो । मृत्यु भएर शरीर चिसो भइ सकेको थियो । ’ खरविन्दका छोरा
बिरेन्द्र खरबिन्दले बताउनु भयो ।
उहाँको शवको आजै बाणगंगा नदीको
रामघाटमा दाह संस्कार गरीने छ । उहाँ तत्कालीन संघिय समाजवादी फोरमबाट
निर्वाचित हुनु भएको थियो । बुद्धभुमीमा वडा नं. ७ का वडा अध्यक्ष राजेश्वर
शिंहको भदौ १४ गते निधन भएको थियो । 

प्रकाशित : १० आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६