अर्थ-वाणिज्य

प्रदेशवाट १० करोड थप ,हरेक जिल्लामा पिसिआर



दाङ १० असोज  प्रदेश ५ सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गरेको छ । वैठकले लक्षण देखिएका शंकास्पद बिरामीको पीसीआर परीक्षणको व्यवस्था मिलाउन र जिल्ला–जिल्लामा पीसीआर परीक्षणको लागि आवश्यक सिफारिस र व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयले मातहतका स्वास्थ्य संस्था परिचालन गर्ने निर्णय गरेको छ ।

        त्यस्तै प्रयोगशाबाट छिटो रिपोर्ट दिने व्यवस्था गर्ने, सार्वजनिक स्थल र यातायातमा मास्क प्रयोग अनिवार्य गर्ने, संक्रमण उच्च हुने सम्भावना देखिए जुन क्षेत्रमा बढी प्रभाव देखिन्छ त्यहाँमात्र निश्चित समय सिल गर्ने निर्णय पनि गरेको छ । विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुलाई क्रमशः स्थानान्तरण गर्ने, आवश्यकता अनुसार शैक्षिक संस्था मर्जरको नीति लिएर संक्रमण कम भएको जिल्लामा विद्यालय सञ्चालन गर्ने निर्णय पनि वैठकले गरेको छ ।

    यसैविच  प्रदेश ५ सरकारले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै चाडपर्वको समयमा नेपाल र भारतबीच हुने छोटो अवधिको आवत जावतमा रोक लगाउने निर्णय गरेको छ । प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

    मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको केन्द्रको वैठकले नेपाल र भारत बीच तोकिएका सीमा नाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल प्रवेशको व्यवस्था गर्ने निर्णय गरेको छ । भारतबाट आफ्नो घर जानका लागि आउने नेपाली र भारत जाने भारतीयलाई भने रोकावट हुने छैन । भारतमा तीब्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण चाडबाडको समयमा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीहरुलाई रोक्नका लागि कोरोना संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो ।

प्रकाशित : १० आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६