खेलकुद

बैकुण्ठ बुद्धले गृहत्याग गरेपछि तिलौराकोटमा क्षमापूजा र रात्री दिवश



कपिलवस्तु ११ असोज असार पूर्णिमामा मनाउनु पर्ने महाभिनिष्क्रमण दिवश (गृह त्याग दिवश ) गएराती मनाइएको छ ।कोरोनाका कारण समयमा मनाउन नपाइएकोमा क्षमा पूजा पश्चात उक्त दिवस मनाइएको हो । राजकुमार सिद्धार्थले राजकीय जीवन सहीत राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवश मनाईएको हो  । अक्टार २७ का दिन बिश्व पर्यटन दिवसलाई स्वागत गर्न तथा २६ सय १५ बर्ष अघिको ऐतिहासिक घटनाको झल्को दिन कार्यक्रम गरिएको हो । विश्व पर्यटन दिवसको उपलक्ष्यमा कोरोना भाइरस संक्रमणले थलिएको नेपालको पर्यटन अब पर्यटककालागि स्वगत गर्न तयार रहेको सन्देश दिर्दैे राजकुमार सिद्धार्थ राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाईएको हो

 तौलिहवाका शाक्य कुलका सिद्धार्थ शाक्य घोडामा चढेर पुर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो । ओलम्पियन बैकुण्ठ मानन्धरले पिस टर्च देखाउदै सिगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाडदै गरेको दृष्य निक्कै रोमाञ्चक बनेको थियो । तत्कालीन अवस्थाको कन्थक नामक घोडामा चढेर बुद्धले तिलौराकोटको पुवीद्धारबाट गृह त्याग गरेका थिए ।त्यही झल्को दिने गरी कार्यक्रम गरिएको थियो । वुद्धिष्ट सर्किट्स  डटकमले कपिलवस्तुको पर्यटन प्रबद्र्धन गरि प्राचिन कपिलवस्तुको प्रचार प्रसारकालागि कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाण्डे काजीले बताए । 

  ‘नया पर्यटकीय गन्तब्यको विकास गर्न दिवश मनाउन सुरु गरिएको हो ’ उनले भने । लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले प्राचिन कपिलवस्तुको पहिचान र पर्यटकीय विकासकालागि कार्यक्रमले ठुलो सन्देश दिने बताए । उनले आगामी दिनमा कोषले पनि आफनो कार्ययोजनामा यो कार्यक्रमलाई समट्ने स्पष्ट पारे  । ओलम्यिन बैकुन्ठ मानन्धरले कार्यक्रमले आझेलमा परेको प्राचिन कपिलस्तुको पहिचानलाई यसले उजागार गर्ने औल्याए । सो अवसरमा पर्यटन अगुवा गीता अन्जानले कार्यक्रमले शान्तिका अग्रदुत बुद्धको राजधानी कपिलवस्तकोु प्रचार प्रसारमा मद्दम मिल्ने बताइन । उनले तिलौरोकाटको विकासकालागि यसलाई बिश्व संपदा सुचीमा सुचीकृत गर्ने तयारी गरिएको जानकारी दिइन  । 

    २ हजार ६ सय ४४ वर्षपछि गृह त्याग गरेको घटना स्मरण गर्दै देखाईएको थियो । कोरोना भाईरस संक्रमणका कारण राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि गृह त्याग गरेको असार पुर्णिमा दिवश मनाउन सकिएको थिएन् । क्षमापूजा गर्दै पर्यटककालागि स्वागत गर्न अब तयार भईसकेको सन्देश दिदै गए राति उक्त कार्य गरिएको हो । तिलौराकोटमा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था विताएका थिए ।

    कार्यक्रममा पर्यटन बोर्ड र कोषको सहकार्य थियो । यस्ता नौला र ऐतिहासिक कार्यक्रमले ओझेलमा परेको कपिलवस्तुको पर्यटन प्रबद्र्धनकालागि कोसे ढुंगा सावित हुने भन्दै स्थानीयबासी खुशी भएका छन । कार्यक्रममा ओलम्पियन बैकुन्ठ मानन्धर, पर्यटन बिद शरद प्रधान लगायतको सहभागीता थियो । गत बर्ष असार पुर्णिमामा कार्यक्रम गरिएको थियो । 

प्रकाशित : ११ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६