कपिलवस्तु ११ असोज ।कोरोना कहरबीच अहिले जोखिम उच्च रहेकोले विद्यालय नखोल्न शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले दिएको निर्देशन विपतरीत कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय खुल्न थालेका छन् । जिल्लामा १०० हाराहारीमा कोरोना संक्रमित उपचारत छन । तर पनि विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् । विद्यालय संचालनमा आएसँगै कोरोना कहरका कारण ६ महिनादेखि ठप्प भएको शैक्षिक गतिविधि संचालन हुन थालेको हो ।
जिल्लामा रहेका १० स्थानीय तहले आ–आफनो तरिकारले सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने तयारी स्वारुप केही पालिकामा बिद्यालय सञ्चालमा आउन थालेका हुन । उता दाङमा रहेका १० वटा पालिकामध्ये ४ वटा स्थानीय तहले आफू अन्तरगत विद्यालयमा पठनपाठन सुरु गरिसकेका छन् । भने ६ वटा स्थानीय तह विद्यालय सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् । सरकारले विद्यार्थी सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो ।
सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको पालिकाका शिक्षा प्रमुखहरुको भनाइ छ । पठनपाठन सञ्चालन गरिएका विद्यालयमा अनुगमन, सुझाव संकलनलगायतका गतिविधि समेत भइरहेका छन् । विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरुले विद्यार्थी अभिलेखीकरण, भौतिक संरचना व्यवस्थापन, आवश्यक मापदण्ड निर्माण, कार्ययोजना पेश लगायतका पुर्व तयारीहरु गरिरहेका छन् ।
यता बिद्यालय सञ्चालन हुन थालेपछि बिद्यार्थीहरुमा पनि खुसी देखिएका छन । ६ महिनासम्म घरमै बस्दा दिक्क मानेका बिद्यार्थीहरु बिद्यालय सञ्चालनमा आउन थालेपछि खुसी भएपनि कोरोनाको जोखिम कायमै रहेको भन्दै केही अभिभावकले आफ्ना बालबालिका बिद्यायमा भने पठाएको पाईएको छैन ।यता कपिलवस्तुमा रहेको प्रदेश ५ को सामाजिक विकास निर्देशनालय र स्वयम प्रदेश सामाजिक विकास मन्त्रालय मौनवसेका छन् ।
प्रतिक्रिया