रुपन्देही १२ असोज ।प्रदेश ५ सरकारले कृषि क्षेत्रको उत्थान र सिधै वजारसंगको किसानको पहुच वढाउन अर्काे महत्वपूर्ण कार्यक्रम ल्याएकोछ । कृषि–उपज बजारसम्म पु¥याउन र बिक्रीवितरण सहज बनाउन प्रदेश ५ सरकारले व्यावसायिक किसानका लागि अटोरिक्सा सहयोग कार्यक्रम सञ्चालनमा ल्याएको हा । कार्यक्रमअन्तर्गत किसान समूह र सहकारीलाई लक्षित गरी अटोरिक्सा उपलब्ध गराइनेछ । यसअघि कृषि एम्वुलेन्स सेवा संचालन हुदै आएकोछ ।
जसका लागि ठूलो मात्रामा उत्पादन आवश्यक परेपछि ससानो परिमाणमा उत्पादन गरेर वजारमा पुराउन कृषि उपजकालागि अटोरिक्सा कार्यक्रम ल्याइएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले वताउनु भयो । यसवाट बिचौलिया रोकिने, किसानले उचित मूल्य र उपभोक्ताले पनि सुपथ मूल्यमा कृषि उपज पाउने भएकाले यस्तो कार्यक्रम ल्याइएको जानकारी दिनु भयो ।
कार्यक्रमका लागि यस वर्ष ६० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ जसमा एक किसान समूह वा सहकारीलाई अटोरिक्सा किन्न ५ लाख रकम उपलब्ध गराइनेछ । कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले अटोरिक्सा दिन तराईका जिल्लामा किसान छनोट प्रक्रिया थालिएको बताउनुभयो ।
प्रतिक्रिया