पर्यटन

बौद्धकालिन स्तुप रहेको स्थानमा दुर्गा मन्दिर ,पुरातत्व विभागद्वारा निर्माणमा रोक



कपिलवस्तु १३ असोज बौद्धकालिन एक सम्पदा समयमाई भन्ने स्थानमा स्थानियले अतिक्रण गरि दुर्गा मन्दिर बनाउन थालेपछि पुरातत्व बिभागले तत्काल रोक्न आदेश जारी गरेको  छ । पुरातत्व बिभाग र लुम्बिनी बिकास कोष मातहतको उक्त सम्पदा तौलिहवाको आन्नदबागमा रहेको छ । समयमाई मन्दिर भनेर चिनिने उक्त सम्पदा गौतम बुद्धका सबैभन्दा प्रिय अनुयायी भिक्षु आनन्दको कर्म थलोका रुपमा चिनिन्छ । पुरातात्विक अबशेषका रुपमा त्यहा बौद्धकालिन स्तुप रहेको बताइएकोछ । तर अहिलेसम्म उत्खन्न हुन बाकी छ ।


    यता स्थानियहरुले सोही सम्पदालाई मन्दिर परिसरभित्र दुर्गा मन्दिर बनाउन थालेपछि बिभागले स्थानिय प्रशासनलाई पत्र लेख्दै उक्त कार्यमा तत्काल रोक लगाउन भनेको हो । सोही अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निर्माण कार्यमा रोक लगाएको छ । पुरातत्व बिभाग र लुम्बिनी बिकास कोषका तर्फबाट तत्काल काम रोक्न भन्दै कोषका कपिलवस्तु प्रमुख माधव आचार्यले स्थलगत रुपमा अबकोलन गर्नुभएको थियो । ततपश्यात आचार्यले समयमाईको पुरात्वीक अवस्था  मेटिने गरी भएको दुर्गा मन्दीर निर्माण रोक्न आग्रह गर्नु भयो । 

   

 यस्तै आफूहरुले सोही ठाउँको महत्व थाहा पाएपनि यो स्थान अलपत्र परेकोले दुर्गामन्दिर बनाउन थालेको स्थानिय मधुसुदन श्रेष्ठले बताउनुभयो । पुरात्व बिभाग र लुम्बिनी बिकास कोषको ताकेता पछि काम रोकिएको निर्माण समितिका पदाधिकारी समेत रहनु भएका  श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६