प्रदेश

जोखिम मोलेरै खुले विद्यालय, अनुमति छैन भन्छ प्रशासन



कपिलवस्तु १४ असोजकपिलवस्तुमा कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरु खुलेका थालेका छन् । ६ महिनादेखि बन्द रहेका विद्यालयमा अब पठनपाठन सुरु हुन लागेको  छ । कोरोनाको महामारी र लामो लकडाउनले नयाँ शैक्षिक शत्र सुरु भएपछि पढाई प्रभावित भएको थियो ।असोज महिनाबाट लागू हुने गरी विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी भए लगत्तै कपिलवस्तुका अधिकाशं विद्यालयहरु संचालनमा आएका छन् । देशमा कोरोना संक्रमण जोखिमको दर झन झन बढिरहेको छ ।

    कपिलवस्तुको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका लगायत सबै पालिका तथा गाउँपालिकाहरुका विद्यालयमा पठनपाठन सरु भएका छन् ।   यस्तो अवस्थामा विद्यार्थीहरुमा संक्रमण फैलिने हो कि भन्ने ठूलो  चिन्ता बढेको छ । विद्यालयले भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै  दुरी कायम गरेर पठनपाठन सरु गर्ने गरेको दावि गर्दै आएका  छन् । विद्यालयमै पढाइ भए पनि कक्षा सञ्चालनको ढाँचा भने पहिले भन्दा फरक नै रहेको उनीहरुको दाबी छ ।

    कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित जनता मावि पिपरामा पनि विगत पाँच दिनदेखि पठनपाठन सरु गरिएको प्रधानाध्यापक रमेश पन्थीले बताउनु भयो  । पन्थीले ‘स्वास्थ्य मापदण्ड अपनाएर एउटा कक्षामा बढीमा १६ जनालाई राखि अध्ययन गराई रहेको वताउनु हुन्छ ।  तर नगर तथा जिल्लाबाट कुनै पनि अनुगन टोली भने विद्यालय अनुगमनमा नआएको उहाको भनाइछ । राम्रैसंग पढाएका होलान भनेर ढुक्क भएर नआएको हुन सक्ने उहाको तर्कछ ।

    विद्यार्थीका विच प्रविधि मैत्री बातावरण नहुदाँ पठनपाठनमा समस्या भएपछि विद्यार्थीलाई विद्यालयमै बोलाएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पठनपाठन गराइएको प्रधानाध्यापक पन्थीले प्रेसपाटीलाई वताउनु भयो  ।स्थानीय तहका शिक्षा प्रमुखहरुले भने विद्यालय सञ्चालन गर्न पालिकाले अनमति नदिएको तर केही विद्यालयले निर्देशिकामै टेकेर विद्यार्थी बोलाएको भनेर पन्छिए  ।

    ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको एउटा बुँदामा विद्यालयमै बोलाएर पनि सहजीकरण गर्न सकिने भन्ने व्यवस्था छ’– बाणगंगाका नगरपालिकाका शिक्षा शाखाका  खिम बहादुर जि.सीले भन्नु भयो –‘त्यसकै आधारमा केही विद्यालयले विद्यार्थी बोलाएर थोरै पढाउन थाल्नुभएको छ, केही विद्यालयले बोलाउने तयारी गर्नुभएको छ ।’ त्यसरी विद्यार्थी बोलाउँदा स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्ड पालना गर्नुपर्ने उहाले प्रष्टयाउनु भयो ।

    नगरपालिकाले केही विद्यालयमा गएर अनुगमन समेत गरेको जिसीले दावि गर्नु हुन्छ  । अनुगमनका क्रममा केही विद्यालयका साना कक्षाहरुमा स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएकाले विद्यालयलाई सुरक्षाका मापदण्ड अपनाएर मात्र पढाउन आग्रह गरिएको जिसीको भनाई छ । ‘बाणगंगा नगरपालिकाले नगरका विद्यालय संचालन गर्ने बारे भने कुनै लिखित निर्णय नगरेको उपमेयर चक्रपाणी अर्यालको भनाइछ ।’  

    उता प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले ‘यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, हामीले विद्यालय सञ्चालन गर्न भनेका छैनौं, निर्देशिका अनुसार कतिपय विद्यालयले सिकाइ केन्द्रको रुपमा थोरैथोरै विद्यार्थी बोलाएर पढाउनु भएको पाएका छौ के गर्ने भनेर सोच्दैछौं भन्नु भयो ।’पौडेलले के कति स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयहरुमा पठनपाठन भई रहेको  छ भन्ने कुराको अनुगमन स्थानीयतहवाट हुने ब्यवस्था रहेको औल्याउनु भयो  ।

    शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा रेडियो, टिभी, कम्प्युटर, इन्टरनेट माध्यमका साथै समुदाय वा विद्यालयमा दुरी कायम गरी पढाउन सकिने उल्लेख छ ।तर विद्यालयहरु जोखिम मोलेर पढाउन रुचाएका छन् । भोली कोरोना संक्रमण महामारीमा रुपमा देखा परेर विद्यालयहरु अभिभावका निशानामा पर्न सक्ने स्थिती भने नकार्न नसकिने नागरिक अगुवा दोलख वहादुर पछाईको भनाइछ । 

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६