ब्रेकिंग न्युज

बिद्यालय नगएका र बिचमा छाडेकालाई खोजीखोजी साइकल



कपिलवस्तु ८ कार्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बिद्यालय नगएका र बिचमै छाडेकालाई खोजी गरेर एक सस्थाले १५७ वालिकालाई साइकल वितरण गरेको छ ।  बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको हो । उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि होस भनेर यस्तो गरिएको वताइएकोछ । विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका गरेपछि साइकल दिइएको हो ।

     विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल वितरण गरिएको शिद्धार्थका नारायण घिमिरेले वताउनु भयो ।उडान छोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले प्रेसपाटीलाई बताउनु भयो  ।

    यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो ।  गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारीले उडान बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको भविष्य निर्माणका लागि उल्लेखनीय कार्य गरेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरु पछाडी परेकाले उच्च शिक्षामा ध्यान जरुरी रहेको उहाको भनाइछ । एक महिला शिक्षित भए परिवार नै शिक्षित हुँदै जाने उहाँले बताउनुभयो । 

प्रकाशित : ८ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६